9 years ago
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ निरकला राईले जितेका छन् । यसपटक म्याराथन महिला/ पुरुष , खुला हाल म्याराथन, अल्ट्रा म्याराथन र म्याराथन (विदेशी) गरि पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो । सोमबार सम्पन्न एभरेष्ट म्याराथन अन्तर्गत अल्ट्रा म्याराथन तीर्थबहादुर तामाङ ले जिते भने विदेशीतर्फ म्याराथन पोल्यान्डका पिटोर हेरकोगले जितेका थिए । खुला हाफ म्यराथनको उपाधि चोउ पिन चाइले जिते ।

सगरमाथाको आधार शिविरबाट सुरु भइ नाम्चे बजार पुगेर टुंगिने म्याराथन सुमनले ३ घन्टा ४३ मिनेटमा ४२.१९५ किलोमिटरको दुरी तय गर्दै म्याराथन उपाधि जितेका थिए । ‘संसारकै सहासिक म्याराथन मध्येको एक म्याराथनमा नयाँ कीर्तिमानका साथ दौड पुरा गर्दा खुसी लागेको छ,’ सुमनले भने,‘ आउने दिनमा आफ्नै कीर्तिमानलाई भंग गर्ने विश्वास लिएको छु ।’ आर्मीका सुरेन्द्र बस्नेत (३ घन्टा ५२ मिनेट ८ सेकेन्ड) दोस्रा र आर्मीकै बेदबहादुर सुनुवार (४ घन्टा ५ मिनेट ४० सेकेन्ड) तेस्रा भए । सुमनले १ लाख , सुरेन्द्रले ७५ हजार र बेदले ५० हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फकी विजेता निरकलाले ४ घन्टा ५१ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गरेकी थिइन् । ५ घन्टा ७ मिनेट २६ सेकेन्डका साथ पूर्णिमा राई दोस्रो र ५ घन्टा ३७ मिनेट ४३ सेकेन्डका साथ दावा डोल्मा शेर्पा तेस्रो भइन् । निरकलाले ५० हजार, पूर्णिमाले ३५ र दावाले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
६० किलो मिटर अल्ट्रातर्फको उपाधि जितेका तीर्थले ६ घन्टा ३८ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरेका थिए । आर्मीका मोहन देव जोशी (७ घन्टा १८ मिनेट १६ सेकेन्ड) दोस्रो र सोही क्लबका पूर्ण तामाङ (७ घन्टा ३० मिनेट) तेस्रा भए । तीर्थले संसारकै उचाईमा हुने अल्ट्रा म्याराथनको उपाधि जित्दा फरक अनुभव हुने बताए । ‘मैले धेरै देशमा अल्ट्रा दौडमा भाग लिएको छु । पहिलो स्थान प्राप्त पनि गरेको छु,’ उनले थपे,‘ तर संसारकै अग्लो स्थानमा हुने यो अल्ट्रा दौडमा पहिलो हुँदा अरु भन्दा यो पदक विशेष हुनेछ ।’तीर्थले १ लाख, मोहनले ७५ हजार र पूर्णले ५० हजार रुपैयाँ प्राप्त गरे ।
विदेशी नागरिकतर्फ म्याराथन जितेका पिटरले ४ घन्टा ३८ मिनेट २२ सेकेन्ड समय लगाएका थिए । त्यसमा पोल्यान्डका रोर्बेट क्न्स्किी (४ घन्टा ४८ मिनेट ५८ सेकेन्ड) दोस्रो र फ्रान्सका फाब्रिसी अर्मोन्ड (५ घन्टा २८ मिनेट ३० सेकेन्ड) तेस्रा भएका थिए । विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरे ।
पिटरले नेपाली धावकहरुलाई चुनौति दिन खुम्बु क्षेत्रमा कम्तीमा तीन महिना भन्दा बढी प्रशिक्षण गर्नु पर्ने आफुले महसुस गरेको बताए ।
२ घन्टा १८ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गर्दै चोउले खुला म्याराथन उपाधि जितेका थिए । भारतका अमन सुब्बा (२ घन्टा ३३ मिनेट १५ सेकेन्८) दोस्रा र अमेरिकाका ब्रसी एलेन (२ घन्टा ४१ मिनेट १६ सेकेन्ड) तेस्रा भए । २१ किलोमिटर दौडका विजेताले ५० हजार, दोस्रो हुनेले ३५ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरे ।
१५ औं संस्करणको तेन्जिङ हिलारी म्याराथन सफलतापूर्वक सम्पन्न भएको जनाउँदै आयोजक शिखर पाँडेले भने,‘ विगतमा भन्दा यसपटक सहभागितामा पनि बृद्धि भएको छ । चुस्त व्यवस्थापनका लागि स्थानियस्तरबाट पनि राम्रो साथ पाएका थियौं ।’
नेपालसहित ३५ राष्ट्रका १ सय ७७ पुरुष ६१ महिलाले एभरेष्ट म्यराथनमा भाग लिएका थिए । २ सय ३८ सहभागी मध्ये ८४ जना नेपाली थिए ।

December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]