8 years ago
July 2, 2017
ओस्टराभा (एजेन्सी)- जमैकन सुपरस्टार धावक उसेन बोल्टले दक्षिण अफ्रिकी धावक वेड भान निकर्कले अब आउने दिनहरुमा ट्रयाकमा बर्चश्व जमाउने बिश्वास लिएका छन्। ब्राजिल ओलम्पिकको ४०० मिटर स्पर्धामा स्वर्ण पदक जितेका निकर्कले उक्त फर्मलाई कायमै राखेका छन्।

गत बुधबार निकर्कले ३००मिटरको दौडमा माईकल जोह्न्सनले १७ बर्ष अगाडी कायम गरेको क्रीतिमान भङ्ग गरेका थिए। निकर्कले ३०.८१ सेकेन्डमा दौड पुरा गर्दै १७ बर्ष अगाडिको ३०.८५ सेकन्डको क्रीतिमान भङ्ग गरेका हुन्। निकर्क यस बर्ष १० सेकन्ड मुनि १०० मिटर र २० सेकेन्डमुनि २०० मिटर दौडिने एक्लो धावक हुन्।
निकर्कको बारेमा बोल्दै बोल्ट भन्छन,’ उनको भबिष्य निकै उज्वल छ र उनि यसको लागि तयार भैसकेका छन्। उनले यस बर्ष निकै राम्रो प्रदर्शन गरिरहेका छन् जुन उनले १०० मिटर र ३०० मिटर दौडमा साबित गरिसकेका छन्। उनि निकै भलादमी र जुझारु छन्।’ निकर्कले आफ्नो सुधार कायम राखे आफ्नो क्रीतिमानहरु पनि भङ्ग गर्न सक्षम भएको बोल्टले बताए।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]