default_image

8 years ago

July 4, 2017

अल्ट्रा धाविका मिराको रिकभरीमा शीरिष फाउन्डेसनको सहयोग

261 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीको सहयोगका लागि स्थापना भएको शीरिष फाउन्डेसनले अल्ट्रा धाविका मिरा राईलाई फिटनेसका लागि सहयोग गर्न सुरु गरेको छ । एन्टिरियर क्रुसिएल लिगामेन्ट (एसिएल) को शल्यक्रिया गरेकी मिरा पुनः दौडमा फर्कनका लागि प्रयासरत छिन् । त्यसका लागि उनले थेरापी गराइरहेकी छिन् ।

अक्वा थेरापी सुरु गर्ने क्रममा मिरा राई र उनलाई सघाउँदै शीरिष गुरुङ ।

गत बर्ष इटालीको भेरोना अस्पतालमा घुँडाको शल्यक्रिया गराएयता उनले कुनै पनि प्रतिस्पर्धामा भाग लिएकी छैनन् । फ्रान्समा अगस्टमा हुने युटिएमबीको सिसिसी रेसमा भाग लिने योजनामा रहेकी मिरालाई अहिले थेरापीमा जुटेकी छिन् ।मिरा छिट्टै खेलमा फर्कन सकुन भन्ने उद्देश्यका साथ उनलाई पौडी पोखरीमा गरिने अक्वा थेरापी सुरु गरिएको बताइएको छ ।

शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन शीरिष गुरुङ,‘एसिएलको शल्यक्रियापछि उहाँ रिकभरीका लागि प्रयारत हुनुहुन्छ । पौडीबाट छिटो रिकभरी हुन्छ भन्ने जानकारी भएपछि डाक्टरसँग सल्लाह गरे’ शीरिषले भने,‘डाक्टरले पनि त्यसले रिकभरीमा मद्दत गर्ने बताइएपछि हामीले उहाँलाई सहयोग गर्न लागेका हौं ।’

सोमबार धन्वन्तरी पौडी पोखरीमा मिराको थेरापी सुरु गरिएको छ । उनको थेरापी फाउन्डेसनका सदस्य डाक्टर प्रयुस न्यौपानेले गरेका थिए । पौडी पोखरीको एक्वा थेरापीमा शीरिषले पनि सहयोग गरेका थिए । शीरिष आफै एमबिबिएस प्रवेश परिक्षाको तयारीमा छन् ।


मिरा राईको शल्यक्रिया गरेको घुँडाका बारेमा जानकारी लिदै डाक्टर प्रयुस न्यौपाने ।

मिराले पनि रिकभरीका लागि पानीमा गरिने थेरापी राम्रो भएको थाहा पाएर शीरिष फाउन्डेसनको सहयोग लिएको बताइन् । उनले सरकारले सम्मानका लागि बोलाएकाले गत साता स्वदेश फर्केको जनाइन् । डाक्टर न्यौपानेले मिरालाई एक्वा थेरापीसँगै रिएक्टिभ न्यूरोमस्कुलर तालिम पनि दिइने बताए ।

न्यौपानेले हावामा भन्दा पानीमा गरिने अभ्यास प्रभावकारी र चोटको सम्भावना कम हुने बताए । मिराको रिकभरीमा सहयोग गर्नका लागि केही सामानको पनि आवश्यकता रहेको र त्यो झिकाउने प्रक्रियामा रहेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जानकारी दिए ।
फाउन्डेसनले उसुमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी नीमा घर्तीमगरलाई छात्रबृति दिइरहेको छ ।

दायाँबाट क्रमशः मिरा राई, डाक्टर प्रयुस न्यौपाने र शीरिष गुरुङ ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.