default_image

8 years ago

September 16, 2017

गोपीचन्द्रलाई काठमाडौं म्याराथनको उपाधि

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की र त्रिभुवन आर्मी क्लबकी सरिता बसीले ११ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

काठमाडौंमा शनिबार भएको म्याराथनमा गोपीले त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठलाई ०.४ सेकेण्डले पछि पादै उपाधि जितेका हुन् । निर्धारित ४२.१९५ किलोमिटर गोपीले दुरी २ घण्टा २३.५६ सेकेण्डमा पूरा गरे ।

होमलालले २ घण्टा २४ मिनेटमा दुरी पूरा गरे । अन्तिम ल्याप्ससम्म दोस्रो स्थानमा रहेका गोपीले अन्तिम समयमा होमलाललाई पछि पारेका थिए । आर्मीकै खड्ग बहादुर खड्काले २ घण्टा २५.२५ सेकेण्डमा पूरा गर्दै तेस्रो भए ।

हाफ म्याराथनको पुरुषतर्फ सेनाको वर्चस्व रह्यो । सेनाका कृष्णा बस्नेतले १ घण्टा ८.३२ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो भए । सेनाकै राजन खत्री १ घण्टा ९.३ सेकेण्डका साथ दोस्रो तथा सेनाकै टकराज कटवाल १ घण्टा ९.५० सेकेण्डका साथ तेस्रो भए ।

महिलातर्फ आर्र्मीका विश्वरुपा बुढा पहिलो भईन् । विश्वरुपाले निर्धारित दुरी १ घण्टा २०.२३ सेकेण्डमा पुरा गरिन् । रेशी बस्नेतले १ घण्टा २५.५३ सेकेण्डका साथ दोस्रो तथा वृन्दा श्रेष्ठले १ घण्टा २७.२४ सेकेण्डका साथ तेस्रो भईन् ।

५ किलोमिटर खुल्ला पुरुषतर्फ अजित यादव पहिलो भए । रामजी बस्नेत दोस्रो तथा रमेश मगराती तेस्रो भए । महिला ५ किलोमिटर खुल्लातर्फ फुलमती राना पहिलो भईन् । सन्तोषी श्रेष्ठ दोस्रो तथा सानुमाया कार्की तेस्रो भईन् ।

५ किलोमिटर स्कुल पुरुषतर्फ सुवास थापा, वैभव विक्रम परियार सुरेन्द्र चापागाई क्रमशः पहिलो देखि तेस्रो भए । ५ किलोमिटर स्कुल गल्र्सतर्फ हुमी बुढा मगर, काजाल विष्ट र अस्मिता श्रेष्ठ शीर्ष तीन स्थानमा रहिन् ।

ह्वीलचेयर ५ किलोमिटर पुरुषतर्फ राम बहादुर तामाङ पहिलो, प्रेम विक दोस्रो र रमेश खत्री तेस्रो भए । महलिातर्फ लाली तामाङ पहिलो, रजनी राई दोस्रो र शर्मिला थोकर तेस्रो भईन् ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.