8 years ago
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल इम्प्याक्ट म्याराथन सिरिजको दोस्रो संस्करण मंसिर पहिलो साता नुवाकोटको ककनीमा आयोजना हुने भएको छ । आयोजक इम्प्याक्ट नेपालले आइतबार पत्रकार सम्मेलनमाफर्त म्याराथन सिरिज मंसिर २ गते आयोजना गरिने जानकारी दियो ।
यसपटक प्रतियोगितामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय धावककले सहभागिता जनाउने इम्प्याक्ट नेपालका प्रमूख कार्यकारी अधिकृत (सिइओ) निक कर्स जानकारी दिए । म्याराथनमा नेपाली र विदेशी गरी झन्डै ५ सय धावकले प्रतिस्पर्धा गर्ने आयोजको अपेक्षा छ । गत वर्ष आयोजित पहिलो संस्करणमा झन्डै ४ सय धावकले भाग लिएका थिए ।
म्याराथन सिरिजमा ३ विधा समावेश गरिएको बताएको छ । ४२.१९५ किलोमिटर को पुरा म्याराथन, हाफ म्याराथन र १० किलोमिटरको अलग अलग प्रतिस्पर्धा हुनेछ । म्याराथनमा नेपालसहित इण्डोनेसिया, अमेरिका, जर्मनी, बेलायत र फ्रान्सका धावकहरु प्रतिस्पर्धा गर्नेछन् । स्थानिय रुपमा सिन्धुपाल्चोक बतासेका ३० र काभ्रे पनौतीका ३० महिला ले म्यराथनमा प्रतिस्पर्धा गर्नेछन् ।
म्याराथन सिरिजबाट उठेको रकम नेपालको सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई प्रदान गरिने आयोजकले जनाएको छ । म्याराथनका लागि नेपाली धावकले १ हजार ५ सय र विदेशीले ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्नेछ । म्याराथन ककनीबाट शुरु भएर शिवपुरी राष्ट्रिय निकुञ्ज हुदै पुनः ककनी पुगेर टुंगिने बताइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य बनोस भन्ने उद्देश्यका साथ ककनी क्षेत्रमा म्याराथनको आयोजना गरिएको फ्यान्टासटिक नेपाल होलिडेका भुपेन्द्र श्रेष्ठले बताए । उनले म्याराथनको प्राविधक पक्ष हेर्ने बताइएको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]