default_image

8 years ago

November 17, 2017

हङकङको ‘ओक्सफाम ट्रेलवाकर’मा नेपाली टोली विजयी

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङमा हरेक वर्ष आयोजना हुने चर्चित ‘ओक्सफाम ट्रेलवाकर’ दौड यस पटक पनि जितेको छ ।  नेपाली सेनाका समिर तामाङ, तीर्थ तामाङ, वेदबहादुर सुनुवार र पूर्ण तामाङ सम्मिलित नेपाली टोलीले अन्य ५ हजार धावकहरुलाई पछि पारेका हुन् ।

तस्बिर: साउथ चाइना मर्निङ पोस्ट

अघिल्लो वर्ष नेपाली टोलीले कीर्तिमानी समयमा दौड पुरा गर्न केहि समयले चुकेकाले यस वर्ष पनि नेपाललाई उपाधिको दाबेदार मानिएको थियो । तर दौड अघि नेपाली टोलीले उपाधि नै प्राथमिकता रहेको र कीर्तिमान भने पछिको सोचाई रहेको बताएका थिए । दिनको तापक्रम ३० डिग्री(सेल्सियस अघिल्लो केहि वर्षभन्दा अधिक) थियो ।

त्यसैले नेपाली टोलीले कीर्तिमानतिर ध्यान नदिई दौड जित्नुलाई नै प्राथमिकता दिएको बताइएको छ । १ सय किलोमिटरको यस दौडमा नेपाली टोली ३० किलोमिटरमै अरु प्रतिद्वन्दिहरुभन्दा ३० मिनेटले अघि रहेको थियो । नेपालले आफ्नो दौड १२ घण्टा १ मिनेटमा पूरा गरेको हो ।

‘आज निकै गर्मी थियो । चेक पोइन्ट ८ पुग्न लाग्दा निकै उकालो थियो र हामीलाई गाह्रो पनि भइरहेको थियो’, नेपाली टोलीका तीर्थले बताए । यस ट्रेलवाकर दौड विश्वभरि नै सो विधाका धावकहरुका लागि निकै प्रख्यात र महत्त्वपूर्ण मानिन्छ । देश-विदेशबाट हजारौंको संख्यामा धावकहरु यस दौडमा सहभागी हुन आउने गर्छन् ।

 

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.