8 years ago
March 1, 2018
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि जितेका छन् । बिहिबार लुम्बिनीमा भएको म्याराथनमा होमलालले आर्मीकै हरी कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा होमलालले निर्धा्रित दुरी २ घण्टा ५३ मिनेट १३ सेकन्डमा पुरा गरे । होमलालले लगातार दोस्रो पटक लुम्बिनी म्याराथनको उपाधि जितेका हुन् । उपाधिसँगै होमलालले ‘लुम्बिनी अशोक पिस पुरस्कार’ स्वरूप नगद १ लाख प्राप्त गरे ।
दोस्रो भएका हरी कुमार रिमालले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा दौड पुरा गरे । हरिले ‘कपिलवस्तु हुएन सान पुरस्कार’ स्वरूप ७५ हजार नगद हात पारे । म्याराथनतर्फ आर्मीकै खगेन्द्र भाट तेस्रो भए । खगेन्द्रले २ घण्टा ५७ मिनेट ३४ सेकेन्डको समय निकाले । उनले ‘मायादेवी गार्डेन उत्त्थान पुरस्कार’ स्वरूप ५० हजार प्राप्त गरे ।
म्याराथनमा विदेशी धावकसहित ३५ खेलाडीको सहभागिता रहेको थियो । जसमा ३ भिक्षुसहित १३ जना विदेशी खेलाडी रहेका थिए । म्याराथन सिद्धार्थ गौतमले बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै मायादेवी मन्दिरमा आएर सकिएको थियो ।
प्रतियोगिता अन्तर्गत २१ किमिको हाफ म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुनले आफ्नो बनाए । तिर्थको पनि लगातार दोस्रो पटक उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा तिर्थले १ घण्टा ७ मिनेट ३५ सेकेन्डमा दौड पुरा गरे । उपाधिसंगै तिर्थले ५० हजार प्राप्त गरे ।
हाफ म्याराथनतर्फ दोस्रो भएका आर्मीका राम जी बस्नेतले १ घण्टा ७ मिनेट ५४ सेकेन्डको समय निकाले । उनले ३० हजार प्राप्त गरे । तेस्रो भएका आर्मीका टिका राम कट्टेलले १ घण्टा ७ मिनेट ५८ सेकेन्डको समय निकाले । तेस्रो भएका टिका रामले २५ हजार प्राप्त गरे ।
हाफ म्याराथनमा ५ भिक्षु ७ विदेशीसहित ४५ खेलाडीले सहभागिता जनाएका थिए । हाफ म्याराथन मायादेवीको सुत्केरी मार्ग दोहनीबाट सुरु भई माया देवी मन्दिर आएर समापन भएको थियो ।
पाँच किमी दौडको उपाधि सुनिल थापाले जिते । उनले १७ मिनेट ५ सेकेण्डमा दौड पुरा गरे । दोस्रो भएका संजय राईले १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दा तेस्रो भएका सतेन्द्र यादवले १७ मिनेट २४ सेकेन्ड दौड पुरा गरे ।पाँच किमिको दौड बिजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार प्राप्त गरे ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]