default_image

6 years ago

December 19, 2019

काठमाडौं म्याराथनको तयारी पूरा, प्रदेश सरकारद्वारा स्वामित्व ग्रहण

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रो स्पोर्टसको आयोजनमा शनिबार हुने १३ औं काठमाडौं म्याराथनको सबै तयारी पुरा भएको बताइएको छ । म्याराथन शनिबार त्रिपेश्वरेबाट सुरु हुनेछ । काठमाडौंलाई म्याराथन मार्फत विश्व चिनाउने उद्देश्यका साथ आयोजना हुने म्याराथनको स्वामित्व प्रदेश सरकारले लिएको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदेश ३ का पयर्टन मन्त्री अरुणप्रसाद नेपालले भ्रणम वर्ष २०२० को ठिक अगाडी हुन लागेको म्याराथनको प्रदेश सरकारले स्वामित्व ग्रहण गरेको उल्लेख गर्दै भने,‘ यसपटक केहि ढिला भएकोले बजेटमा समावेश गर्न सकेनौं आउने वर्षहरुमा बजेट मै उल्लेख गर्नेछौं । ’

भ्रमण वर्षलाई सफल पार्नका लागि यस्ता म्याराथनहरु महत्वपूर्ण हुने जनाउँदै मन्त्री नेपालले प्रदेशका अन्य जिल्लामा पनि यस्ता प्रतियोगिता आयोजनाका लागि प्रोत्साहित गर्ने लक्ष्य रहेको बताएका छन् ।

म्याराथनका भन्डै ५ हजारको सहभागिता रहने अनुमान गरिएको मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । ‘शुक्रबार सम्म हामीले नाम दर्ताका लागि राखेका छौं, श्रेष्ठले भने,‘ ३ हजार ५ सयको हाराहारीमा दर्ता भइसकेको छ । हामीले ५ हजारको सहभागिता रहने अनुमान गरेका छौं । ’

उनले विश्वमा म्याराथनहरुको परिचय शहरसँग पनि जोडिने र यसमा विदेशी खेलाडीको पनि सहभागिता रहने भएकाले म्याराथन अवधिभर ट्राफिक व्यवस्थापन सहज बनाइदिन हुन ट्राफिक प्रहरी र नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।

काठमाडौं म्याराथनको रुट पर्ने उपत्यकाका ४ नगरपालिकाले पनि यसपटक सहकार्य गरेकोमा श्रेष्ठले खुसी व्यक्त गरे । ‘प्रदेश सरकारले यसको स्वामित्व ग्रहण गरेको छ । सँगै काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर र ठिमी नगरपालिकाले पनि यसलाई सहयोग गर्नुभएको छ,’ उनले थपे,‘ यो काठमाडौं म्याराथनका लागि सुखद पक्ष हो । हिजो निलेन्द्रको म्याराथनमा भन्ने थियो अब यो सबैको हो भन्ने भावनाको विकास भएको छ । ’

प्रो स्पोर्टसकी कार्यकारी निर्देशक बागमती राईले यसपटक म्याराथनमा १० देशका ५० विदेशीको सहभागिता निश्चित भइसकेको जानकारी दिइन् । उनले म्याराथनलाई प्रायोजन गर्नेलगायत सहयोगी सबैलाई धन्यवाद दिइन् ।

त्रिुपेरश्वरबाट सुरु हुने म्याराथन, थापाथली, कुपण्डोल, पाटन गेट, चाकुपाट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने, जडिबुटी, गठ्ठाघर, सूर्यविनायक चोकबाट राम मन्दिर, दौमदि साः कोठा, सिडियो कार्यालय, औधोगिक क्षेत्री हुँदै सिधा पुरानो ठिक, भीमसेन मन्दिरको दाहिनेबाट ठिमी बोडे सडकहुँदै पेप्सीकोला, जडिबुटी, तीनकुगर्ने एयरपोर्ट, गौशाला, पशुपति, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली, सहिद गेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर टुंगिनेछ ।

हाफ म्याराथन त्रिुपेरश्वरबाट सुरु भएर, थापाथली, कुपण्डोल, पाटन गेट, चाकुपाट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने, कोटेश्वर चोक घुमेर पुन तिनकुने हुँदै एयरपोर्ट, गौशाला, पशुपति, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली, सहिद गेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर टुंगिनेछ ।

म्याराथनमा ५ किलोमिटर खुला दौड, कर्पोरेट रिले, ५ किलोमिटर छात्र/ छात्रा दौड, ३ किलोमिटर ह्विलचेयर तथा यसपटक पहिलो पटक फेमिली दौड पनि राखिएको आयोजकले जनाएका छन् ।
म्याराथनका महिला / पुरुष विजेताले समान ५० हजार, दोस्रोले २० र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हाफ म्याराथनतर्फका दुवैतर्फका विजेताले समान २०, दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ किलोमिटर खुला दौडका विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पाउनेछन् ।

कर्पोरेट रिलेको विजेता टोलीले २० हजार, दोस्रोले १० र तेस्रो टोलीले ५ हजार रुपैयाँ पाउनेछ । ५ किलोमिटर छात्र÷छात्रा तथा ह्विलचियरको विजेताले ५, दोस्रोले ३ र तेस्रोले २ हजार प्राप्त गर्नेछन् । फेमिली दौडका विजेताले १०, दोस्रोले ५ र दोस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चार वर्षदेखि काठमाडौं म्याराथनमा भाग लिइरहेका नेपाली राष्ट्रिय एथलेटिक्स टोलीका पूर्व प्रशिक्षक कालुआकी नागनुमानले आफ्नो अनुभव साटेका थिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.