3 years ago
October 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो ।

तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निस्केको थियो । विभिन्न कठिनाईका वावजुद टोलीको प्रदर्शनबाट आफूहरु सन्तुष्ट रहेको कप्तान सदिना श्रेष्ठले बताएकी थिइन् ।
पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले र भुटानलाई ६५–२६ ले हराएको थियो । सन् २०१६ मा नेपालमा भएको साबाको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो, माल्दिभ्स तेस्रो, भुटान चौथो र बंगलादेश पाँचौं बनेको थियो । यसपटक बंगलादेशको सहभागिता रहेन । यसपटक पनि माल्दिभ्स तेस्रो र भुटान चौथो भएका छन् ।
नेपाली बास्केटबल टोली
सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का, विकास शाही (प्रशिक्षक), निरञ्जन सत्याल (व्यवस्थापक)
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]