default_image

3 years ago

October 20, 2022

एपिएफ पुरुष बास्केटबलको च्याम्पियन

317 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा एपिएफ च्याम्पियन बनेको छ ।

प्रतियोगिताको फाइनलमा एपिएफले ८१-७९ स्कोरका साथ घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्यो । थ्री अन थ्री तर्फको फाइनलमा भने आयोजक गण्डकीले एपिएफलाई २१- १६ स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो ।

यसअघि आर्मीले बागमतीलाई ७८- ६० स्कोर सहित पराजित गर्दै कास्य पदक हात पारेको छ । थ्री अन थ्रीमा भने आर्मीले बागमतीलाई १९-१५ ले हरायो ।

त्यसअघि तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको थियो ।

बुधबार भएको फाइनलमा आर्मीले बागमती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो । पहिलो र दोस्रो क्वाटरमा आर्मीले १०–८ र १४–७ को अग्रता कायम गरेको थियो । तेस्रो चरणमा भने बागमतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अग्रता लियो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो ।

यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपिएफले स्वर्ण पदक हात पार्दा त्रिभुवन आर्मीले रजत पदक प्राप्त गर्यो । बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले काँस्य पदक हात पारेको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.