default_image

2 years ago

June 14, 2023

नेपाल पहिलो खेलमै भुटानसँग पराजित

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बास्केटबल टोली फाइभ नेसन्स कप बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा भुटानसँग पराजित भएको छ ।

माल्दिभ्समा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नै नेपाल भुटानसँग स्तब्ध भएको हो । भुटानले नेपाललाई ६१-५५ को अन्तरले पराजित गरेको हो । पहिलो क्वाटरमा पछि परेको नेपालले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि भुटानको अग्रता उल्टाउन सकेन ।

पहिलो क्वाटरमा भुटान २१-१३ को अग्रतामा थियो । त्यसपछि नेपालले दोस्रो सेटमा राम्रो चुनौती पेस गरेपनि स्कोर ३६-२९ को स्थितिमा रहयो । तेस्रो सेटको अन्त्यमा भुटान ४८-४२ को अग्रतामा रहेको थियो । अन्तिम क्वाटरमा भुटानले आफ्नो अग्रता जोगाउँदै ६१-५५ को जित दर्ता गर्यो ।

हारपछि टोलीका प्रशिक्षक नृपेश श्रेष्ठले भुटानविरुद्ध राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारे । उनले नेपालले आउने खेलमा राम्रो नतिजा ल्याउँदै अर्को चरणमा प्रवेश गर्न प्रतिस्पर्धा गर्ने बताए ।

आज हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सले खेल्नेछन् । नेपालले अब दोस्रो खेलमा विहीबार पाकिस्तानसँग खेल्नेछ । त्यसपछि नेपालले शनिबार बंगलादेश र आइतबार आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

लिग चरणको शीर्ष ४ टोलीले मंगलबार सेमिफाइनलमा खेल्नेछन् । विहीबार फाइनल खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.