2 years ago
July 21, 2023
काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ६४ टिमले सहभागिता जनाउने भएका छन् ।

स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ४ विधामा ६४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जानकारी दिए ।
सिनियर ब्वाइजमा त्रिज्योति, जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सिनियर गल्र्समा निम्स तथा स्टाफमा महामन्जुश्री डिफेन्डिङ च्याम्पियन हुन् । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]