default_image

2 years ago

September 8, 2023

जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बने ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१–३८ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे ।

जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० लाई ३०–२६ ले हरायो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता ग¥यो । एनसीसीएसकी दिभा महर्जनले १३ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गल्र्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआईएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा। मेनाजकुमार थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.