2 years ago
September 16, 2023
ललितपुर (हाम्रो खेलकुद) – तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आयोजकका दुबै टिम विजयी भएका छन् । पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता शनिबार सिनियर र जुनियर ब्वाइज दुबैमा आयोजक टोली विजयी भएको छ ।

जुनियर ब्वाईजमा पुष्पसदनले भ्याली भ्यू स्कूललाई १२–९ को अन्तरमा हराएको छ । यो खेलमा पुष्पसदनका जेसन मर्हजनले सर्वाधिक ६ स्कोर गरे । सिनियर ब्वाईजमा पुष्पसदनले राराहिल स्कूललाई ३८–२९ ले हरायो । पुष्पसदनका निकेशले १५ स्को गरे ।
सिनियर ब्वाईजमा हिलटाउन स्कुलले एभिएम स्कूललाई ३१–१४ ले हरायो । अर्को खेलमा ब्राईट होराईजनले जनसेवा स्कुललाई ३२–२९ ले पराजित गर्यो । विजयी टोलीका ज्योतिष शाहीले १५ स्कोर गरे । त्यस्तै अर्को खेलमा आइएमएस स्कूलले भ्याली भ्यु स्कूललाई ४९–३५ को स्कोरले पराजित गरेको छ । आइएमएसका आरोन मर्हजनले सर्वाधिक २४ स्कोर गरेका छन् ।
अर्को खेलमा आइएमएस स्कूलले भ्याली भ्यु स्कूललाई ४९–३५ ले हरायो । आइएमएसका आरोन मर्हजनले सर्वाधिक २४ स्कोर गरेका छन् । जुनियर ब्वाईजमा ब्राईट होराईजनले राराहिल स्कुललाई २८–११ ले हरायो । ब्राईट होराईजनका सन्देश खत्रीले सबैभन्दा बढि १३ स्कोर गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]