2 months ago
October 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा चौथो दिन सोमबार गोल्डेनगेट इन्टरनेसनल कलेज र रोयल स्पोर्टस सेन्ट्रलले ससफलता हासिल गरेका छन् । दिनको दोस्रो खेलमा रोयलले त्रिभुवन आर्मी क्लबलाई ९६–९४ को झिनो अन्तरले हराएको थियो । तेस्रो क्वार्टरको समाप्ती सम्म आर्मी ७४–६८ ले अगाडि थियो । चौथो तथा अन्तिम क्वार्टरमा रोयलले खेल उल्टायो । […]
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा चौथो दिन सोमबार गोल्डेनगेट इन्टरनेसनल कलेज र रोयल स्पोर्टस सेन्ट्रलले ससफलता हासिल गरेका छन् ।
दिनको दोस्रो खेलमा रोयलले त्रिभुवन आर्मी क्लबलाई ९६–९४ को झिनो अन्तरले हराएको थियो । तेस्रो क्वार्टरको समाप्ती सम्म आर्मी ७४–६८ ले अगाडि थियो । चौथो तथा अन्तिम क्वार्टरमा रोयलले खेल उल्टायो । जसमा रोयलले २८ स्कोर जोड्दा आर्मीले २० अंक थप्यो । रोयलका लागि देव करणले सर्वाधिक ३० स्कोर गरेका थिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा त्यसअघिको खेलमा गोल्डेनगेट विशाल विकास केन्द्रविरुद्धको सुरुवातबबाट अग्रता लिएर खेल आफ्नो पक्षमा पार्यो । खेल गोल्डेन गेटले ७६–६६ स्कोरले जितेको थियो । दोस्रो हाफको समाप्तीमा गोल्डेनगेटले ४५–३२ को अग्रता बनाएको थियो । गोल्डेन खेलका लागि अभिषेक सिंहले २८ स्कोर गरेका थिए ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई शुक्रबार ११५–९० ले हराउँदै सातौं जितका साथ च्याम्पियन बनेको हो । एनबिएलका अन्तिम दुई खेल बाँकी रहँदा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । पहिलो क्वार्टरबाट अग्रता बनाएको टाइम्सले सजिलै नतिजा आफ्नो पक्षमा पार्यो । […]
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौं जित दर्ता गरेको छ । अन्तिम खेल अघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले […]
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राष्ट्रिय बास्केटबल लिग (एनबिएल) अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बुढानिलकण्ठ बास्केटबल क्लबलाई सोमबार १०४–७७ ले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लेको हो । अन्तिम २ खेल बाँकी रहँदा आर्मीको ९ अंक पुगेको छ । १० अंकसहित टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आर्मीले […]