2 months ago
October 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्रले राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा बुढानिलकण्ठ बास्केटबल क्लबलाई ओभर टाइममा पुगेर ९७–८८स्कोरले हराउँदै विशाल मिलनले पहिलो जित दर्ता गरेको छ । पहिलो क्वार्टरमा २१–२१ को बराबरी रहेको खेलमा दोस्रो क्वार्टरको समाप्तीमा विशाल मिलन […]
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्रले राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा पहिलो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा बुढानिलकण्ठ बास्केटबल क्लबलाई ओभर टाइममा पुगेर ९७–८८स्कोरले हराउँदै विशाल मिलनले पहिलो जित दर्ता गरेको छ । पहिलो क्वार्टरमा २१–२१ को बराबरी रहेको खेलमा दोस्रो क्वार्टरको समाप्तीमा विशाल मिलन ४४–३३ ले पछाडि रह्यो ।
तेस्रो क्वार्टरको समाप्तीमा विशालले ६२–६१ ले विशाल मिलन अगाडि रहेपनि चौथो तथा अन्तिम क्वार्टरको समाप्तीमा खेल ८१–८१ को बराबरी भएको थियो । ओभर टाइमका बुढानिलकण्ठले ८ स्कोर गर्दा विशालले १६ स्कोर थप्यो । २१ स्कोर गरेका विशाल मिलनका दिपशन केसी खेलको म्यान अफ दी म्याच चुनिए ।
त्यसअघि दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले हाउड्स एकेडेमीलाई १०१–७९ स्कोरले रह्यो । पहिलो क्वार्टरमा २५–२५ को बराबरीबाट दोस्रो क्वार्टरमा पुग्दा आर्मीले ६१–३८ को अग्रता बनाएको थियो । तेस्रो क्वार्टरमा आर्मी ७३–५९ स्कोरले अग्रता बढायो । ३० स्कोर गरेका आर्मीका निकेश रखाल म्यान अफ दी म्याच चुनिए ।
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई शुक्रबार ११५–९० ले हराउँदै सातौं जितका साथ च्याम्पियन बनेको हो । एनबिएलका अन्तिम दुई खेल बाँकी रहँदा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । पहिलो क्वार्टरबाट अग्रता बनाएको टाइम्सले सजिलै नतिजा आफ्नो पक्षमा पार्यो । […]
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौं जित दर्ता गरेको छ । अन्तिम खेल अघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले […]
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राष्ट्रिय बास्केटबल लिग (एनबिएल) अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बुढानिलकण्ठ बास्केटबल क्लबलाई सोमबार १०४–७७ ले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लेको हो । अन्तिम २ खेल बाँकी रहँदा आर्मीको ९ अंक पुगेको छ । १० अंकसहित टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आर्मीले […]