default_image

1 year ago

December 26, 2023

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित ग¥यो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ ले हरायो । विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अंक जोडिन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोश्रोले १५ हजारका दरले नगद पुरस्कार पाए ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कारका साथै ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम सहभागी थिए ।

April 24, 2025

हिमालयन जाभा बास्केटबल लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]

April 8, 2025

टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]

April 4, 2025

साबामा टाइम्सको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को […]

Success

Thank you for your time.