1 year ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ ।
प्रतियोगितामा १२ नगरपालिकाको टोलीकोसहभागिता निश्चित भइसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले जानकारी गराए । त्यसबाहेक पोखरा, विराटनगर र टोखाले पनि बिहीबारसम्म सहभागिताको टुंगो लगाउने बताइएको छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
सहभागी खेलाडी तथा दर्शकका लागि ‘थ्री प्वाइन्ट’ सुटका लागि अवसर प्रदान गरिने र उत्कृष्ट १–१ लाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने छ । प्रतियोगिता सञ्चालन गर्न झण्डै साढे १३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]