default_image

10 years ago

September 25, 2015

प्राइम र मोर्गनलाई बर्नहार्ट कप

181 views

0 Bookmark

काठमाडौं, असोज ८ गते ।

प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने ।

 बर्नहार्ट कप अन्तरकलेज बास्केटबल उपाधि विजेता प्राइम र मोर्गन टोली ।

बर्नहार्ट कप अन्तरकलेज बास्केटबल उपाधि विजेता प्राइम र मोर्गन टोली ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्‍यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे । पहिलो क्वाटरमा प्राइमले १२–१० को अग्रता बनायो । दोश्रोमा एलआरआईले १२–१० को अग्रता हासिल गर्दै खेललाई २२–२२ को बराबरी स्थितिमा पुर्‍यो । प्राइमले तेश्रोमा ९–६ र चौथोमा १३–६ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्‍यो ।
गल्र्सको फाइनलमा मोर्गनले नासा इन्टरनेसनल कलेजलाई ३१–२७ ले हरायो । मोर्गनकी विष्णु मगरले १३ स्कोर गरिन् ।
पहिलो क्वाटरमा ७–९ ले पछि परेको मोर्गन दोश्रोमा ११–७ अंक जोड्दै समग्रमा २ अंकले अगाडि रह्यो । तेश्रो क्वाटर ३–३ को बराबरीमा सकियो । मोर्गनले चौथामा १०–८ अंक जोड्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रयुश र विष्णु आ–आफ्नो समूहमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बर्नहार्ट कलेजका अध्यक्ष भूपेश छत्कुली र सहायक प्रिन्सिपल पुरुषोत्तम विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ २८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.