default_image

10 years ago

August 4, 2015

गणेश मान कप प्राईम र भ्यालीलाई

250 views

0 Bookmark

ब्वाइज तर्फ प्राइम कलेज र गल्र्स तर्फ भ्यालीले “दोश्रो गणेशमान सिंह स्मृति कप” हात पारेकोछ ।

गणेश मान कप प्राईम र भ्यालीलाई

गणेश मान कप प्राईम र भ्यालीलाई

सोमबार सम्पन्न बास्केटबलको ब्वाईज तर्फको फाइनल खेलमा प्राईमले गोल्डेनगेटलाई ५१–३८ बास्केटले पराजित गर्दै कप आफ्नो हात पार्न सफल भएको हो । पहिलो क्वाटरमा ६–६ अंक स्कोर भएकोमा दोश्रो र तेश्रो क्वाटरमा प्राईमले १७–१० र २२–१६ को अग्रता लिन सफल भयो । चौथो क्वाटरमा भनै दुबै टोलीको समान ६–६ स्कोर भयो । प्राइमको लागि मस्ट भ्यालुएबल प्लेयर निश्चल महर्जनले १५ स्कोरको योगदान गरे ।

MVP

MVP

गणेशमान सिंह फाउन्डेसनद्वारा संचालित प्रतियोगिता गल्र्स तर्फ भ्यालीले नासा माथि २५–२३ अंकले पराजित गर्दै कप उचाल्यो । पहिलो क्वाटरमा ४–११ले पछि परेको भ्याली दोश्रो क्वाटरमा ७–१ले अगाडी बढ्यो । तेश्रो क्वाटरमा ६–५ले पछि परेता पनि चौथो क्वाटरमा ५–३ले अगाडी बढ्दै समान २१–२१ अंक बनाउन सफल भयो । थप गरिएको समयमा भ्यालीले ४–२ अंकको बास्केट गर्दर्ै कप आफ्नो पक्षमा पार्‍यो । भ्यालीको लागि सुषमा गौतमले ११ अंक जोडिन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत चुनिईन् ।
विजेता खेलाडी टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगद प्राप्त गरे । मोस्ट भ्यालुएवल खेलाडीहरुले नगद ५ हजार प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई नेपाल सरकारका उपप्रधान, स्थानिय विकास एवं संघिय मामिला मन्त्री प्रकाश मान सिंहले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ब्वाईज तर्फ १५ र गल्र्स तर्फ ८ टिमको सहभागिता रहेको थियो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.