8 years ago
June 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको इंगेज ह्वीलचेयर बास्केटबल लिगमा दोहोरो जित हासिल गरेको छ । शनिबार भएको लिगका खेलमा आर्मीको पुरुष टोलीले बोधिसत्व इन एक्सन र ह्वीलचेयर स्पोर्टस एसोसिएसनलाई पराजित गर्दै दोहोरो जित निकालेको हो ।

तेस्रो हप्तामा चलिरहेको लिगको दोस्रो खेलमा बोधिसत्वलाई २८–४ को फराकिलो अन्तरमा पराजित गरेको आर्मीले अर्को खेलमा ह्वीलचेयर स्पोर्टसमाथि ४८–४ को एकपक्षिय जित निकाल्यो । प्रतियोगितामा नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसनले पनि दोहोरो सफलता प्राप्त गरेको छ । स्पाइनल इन्जुरी रिह्याविटेसन सेन्टरलाई १६–८ ले हराएको स्पाइनल कर्डले दोस्रो खेलमा बोधिसत्वलाई २१–७ ले पराजित ग¥यो ।
नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्टस एसोसिएसनको महिला टोलीले लमा बोधिसत्व इन एक्सनको टिमलाई १०–२ ले पराजित ग¥यो । यस्तै पुरुषतर्फको अर्को खेलमा खेलमा जावलाखेल ह्वीलचेयर स्पोर्टस सेन्टरले स्पाइनल इन्जुरी रिह्याविटेसन सेन्टरमाथि २८–५ को जित निकाल्यो ।
छ हप्ता चल्ने ह्वीलचेयर बास्केटबल लिगमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको छ । लिग हरेक शनिबार उपत्यकाका विभिन्न कलेजका कोर्टमा हुने छ । प्रतियोगितामा पुरुषतर्फ स्पाइनल इन्जुरी रिह्याविटेसन सेन्टर, ह्वीलचेयर स्पोर्टस एसोसिएसन, बोधिसत्व इन एक्सन, नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्टस एसोसिएसन, जावलाखेल ह्वीलचेयर स्पोर्टस सेन्टर र नेपाली आर्मी टिमको सहभागिता रहेको छ ।
त्यस्तै महिलातर्फ ह्वीलचेयर स्पोर्टस एसोसिएसन, बोधिसत्व इन एक्सन, नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्टस एसोसिएसन र जावलाखेल ह्वीलचेयर स्पोर्टस सेन्टरको सहभागिता छ । चार क्वार्टरमा हुने खेल आठ मिनेटको हुनेछ भने एक दिनमा ५ खेल हुनेछ । प्रतियोगितालाई टर्किस एयरलयान्सले मुख्य प्रायोजन गरेको छ ।
पुरुषतर्फको विजेताले २० हजार, दोस्रोले १६ हजार र तेस्रो हुने टोलीले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले १६ हजार, दोस्रोले १२ हजार र तेस्रो हुने टिमले ८ हजार प्राप्त गर्नेछन् । यस्तै मोष्ट भ्यालुएवल खेलाडील ५ हजार तथा उत्कृष्ट स्कोररले ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]