10 years ago
December 8, 2015
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा एन्जल हर्ट र जेभियर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मगंलबार भएको अन्तीम लिग खेलमा एन्जलहर्टले ह्वाइट हाउसलाई ५६–२१ ले हराउदा प्रविन पुनले २३ स्कोर गरे।
त्यस्तै जेभियरले नासालाई ४७–३७ को स्कोरमा हराउदा अजूङ राईले १६ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सफलता हात पार्दै गोल्डेन गेट र सिसिआरसि क्वाटफाइनलमा प्रवेश गरेका छन् ।
गोल्डेन गेटले ट्रनिटीलाई ५४–४४लेहराउदा प्रगुन महर्जनले १३ स्कोर गरे । पराजय पश्चात पनि ट्रिनिटीले क्वाटरफाइनलमा स्थान शुरक्षित गरेको छ । सिसिआरसिले राइजिङ स्टारलाई ५७–३७ ले हराउदै अन्तीम आठमा स्थान बनायो । टाइम्सले लालिगुरासलाई ६४–३५ ले हराएपनि क्वाटरफाइनलमा स्थान बनाउन सकेन ।
पुरुषतर्फ एन्जलहर्ट र प्राइम,गोल्डेन गेट र जेभियर,लिभरपुल र ट्रिनिटी तथा मोर्गन र सिसिआरसि क्वाटरफाइनलमा भिड्नेछन् ।
महिलातर्फको लीग खेलमा नासाले एस कलेजलाई ४३–०५ ले हराउदा विपना सुवेदीले ९ स्कोर गरीन् ।
अर्को खेलमा जेभियरले एनसिसिएसलाई हरायो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]