10 years ago
December 9, 2015
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधवार पुरुषतर्फ भएको क्वाटरफाईनल खेलमा प्राईमले एन्जलहर्टलाई ५९–२७ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्राईमलाइ बिजयी गराउन सुरज खड्गीले सर्वाधिक १८ स्कोर गरेका थिए ।
त्यस्तै जेभियर कलेजको दुवै टिमले सेमिफाईनलमा स्थान शुरक्षित गरेका छन् । जेभियरको पुरुष टिमले गोल्डेनगेटलाई ४९–४४ ले हरादा बिपिन मर्हजनले १६ स्कोर गरेका थिए । महिलातर्फ पनि जेभियरले लिग चरणका सम्पूर्ण खेलका सफलता निकाल्दै मंगलवार नै सेमिफाईनलमा स्थान बनाएको थियो । बुधवार पुरुषतर्फ भएको क्वाटर फाईनल खेलमा लिभरपुले ट्रिनिटीलाइ ७६–३६, ले हराउदा सिसीआरसीले मोर्गानलाई ४०–३२ ले स्तब्ध पारेको थियो ।
सिसिआरसीको जितमा अनुप बस्नेतले ११ तथा लिभरपुलको जितमा सुमन्य बोगटीले २८ स्कोर गरेका थिए । फाइनल प्रवेशका लागि बिहीबार हुने सेमिफाइनल खेलमा प्राईमले लिभरपुलको तथा जेभिएरले सिसीआरसीको सामना गर्नेछन् । त्यस्तै बुधबार नै भएको गल्र्स तर्फको अन्तिम लिग खेलमा सोनम शेर्पाको १४ स्कोरको मद्दतमा नासाले एनसिसीएसलाई ४०–९ ले हरायो । त्यस्तै गोल्डेनगेटले भ्याली पब्लीकलाई ३१–२२ को स्कोरमा पराजित गर्दा रोजिना मुक्तानले सर्वाधिक १३ स्कोर गरिन् । पराजय ब्यहोरे पनि भ्यालिपब्लिकले जेभियरसग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छ भने गोल्डेन गेटले नासाको सामना गर्ने छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]