10 years ago
December 10, 2015
आयोजक प्राईम कलेज र जेभिएर कलेज तेह्रौ प्राइमकप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
बिहीबार आयोजक कलेजको कोर्टमा भएको सेमिफाइनल खेलमा प्राईमले लिभरपुललाई ५९–५० तथा जेभिएरले सिसीआरसीलाई ४८–३३ को स्कोरमा पराजित गर्दै उपाधि भिड्न्त पक्का बनाएको हो ।
प्रार्ईमले लिभरपुल बिरुद्ध पहिलो क्वाटरमा १५–१०, दोस्रो क्वाटरमा ९–६ तेस्रो क्वाटरमा १७–२० तथा चौथो क्वाटरमा १८–१३ को स्कोर बनाएको थियो । प्राईमका लागि निश्चल महर्जन एकलैले २६ स्कोर गरेका थिए ।
त्यस्तै अर्को सेमिफाइनलमा सिसीआरसीलाई पराजित गर्ने क्रमममा जेभिएरले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १२–३, तेस्रो क्वाटरमा ८–८ र चौथो क्वाटरमा १९–१४ को स्कोर बनाएको थियो । जेभियरका लागि अजय कुवंरले सर्वाधिक १५ स्कोर बनाए ।
त्यस्तै गल्र्स तर्फको उपाधिका लागि जेभिएर र गोल्डेन गेट भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा जेभिएरले भ्याली पब्लिकलाई ३८–३२ तथा गोल्डेन गेटले नासालाइ ३३–२३ को स्कोरमा पराजित गरेका थिए । जेभिएरका लागि माया राईले सर्वाधिक १६ र गोल्डेन गेटका लागि बिना नकर्मीले १२ स्कोर गरेका थिए ।
प्रतियोगिता अन्तर्गत ब्वाईज तथा गल्र्स दुवैको फाईनल खेल शुक्रबार हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]