10 years ago
December 15, 2015
काठमाडौं, मंसिर २९ गते ।
डिफेन्डिङ च्याम्पियन मल्पी ‘ए’ छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा मल्पीले जेभियर इन्टरनेसनललाई १४–१२, लिङ्कनलाई १५–८ तथा ट्रिनिटी ‘ए’ लाई १५–१० ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।
जेभियर पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।
त्यस्तै समूह ‘बी’ बाट मल्पीको ‘बी’ टिम विजेता र युलेन्स उपविजेता बन्दै सेमिफाइनलमा पुगे । सेमिफाइनल र फाइनल प्रतियोगताको अन्तिम दिन बुधबार हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]