default_image

10 years ago

January 8, 2016

साग बास्केटबल टोली बैंकक जादै

192 views

0 Bookmark

काठमाडौं, पुस २३ गते ।
वैदेशिक प्रशिक्षणका लागि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली बास्केटबल टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएको छ । पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२–१२ रहेको छ ।

basketball team
पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, सागर थापा, सुशील गुरुङ, सदीश प्रधान, गगनबहादुर महतारा, मविन्द्र भण्डारी, विनोद महर्जन, राजिव जोशी, सोनाम लामा, अशिम श्रेष्ठ तथा विक्रम जोशी रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी, सहायक प्रशिक्षकमा विकु महर्जन र व्यवस्थापकमा विनोद श्रेष्ठ छन् ।
त्यस्तै महिलामा सदिना श्रेष्ठ, प्रीति तुलाचन, स्नेहा श्रेष्ठ, लुनिभा सिंह, अनुषा मल्ल, ज्ञानु गौचन, एलिना गुरुङ, भावना लामा, सुजाता राई, माया स्याङ्तान, श्रेया खड्का तथा एलिसा मल्ल छन् । प्रशिक्षकमा विकास शाही र सहायक प्रशिक्षकमा निराजन सत्याल रहेका छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं एनओसीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रम सातदोबाटोस्थित एनओसी मुख्यालयमा बिदाइ गरे । प्रशिक्षक शाहीका अनुसार टोली करिब १ महिना बैंककमा रहने छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.