default_image

10 years ago

January 18, 2016

ज्ञाननिकेतन र डेनेब विजयी

215 views

0 Bookmark

ज्ञाननिकेतन र आयोजक डेनेब एकेडेमीले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

2(1)

ज्ञाननिकेतनले ग्यालेक्सी पब्लिक स्कुललाई ३४–२८ ले पराजित गर्‍यो । विजेताका जैसलले १२ अंक जोडे । राजकुमार बोहराको १३ अंक सहयोगमा डेनेबले नोब्सले ३९–२३ ले हरायो । न्युटनले हाइली क्रिएटिभलाई १८–६ ले पन्छायो । न्युटनका सोनिकले ६ अंक जोडे ।

सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन न्यु भिजनले आयोजक डेनेबलाई १८–९ ले निराश पार्‍यो । विजेताकी लक्ष्मी श्रेष्ठले ११ स्कोर गरिन् । रिलायन्सले बाल मन्दिरलाई २४–१२ ले हरायो । रिलायन्सकी रिना भण्डारीले ११ अंक बटुलिन् ।

जुनियर ब्वाइजमा नेरिकले हाइली क्रिएटिभको चुनौती २८–१० ले समाप्त पार्‍यो । नेरिकका अशिम भण्डारीले १४ स्कोर गरे ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.