default_image

10 years ago

January 25, 2016

मल्पीलाई दोहोरो उपाधि

180 views

0 Bookmark

आयोजक मल्पी इन्स्टिच्युट ‘ए’ ले प्रथम मल्पी अन्तर ए लेभल कलेजस्तरीय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मल्पीको ‘ए’ टिम ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।

malpi

ब्वाइजको फाइनलमा मल्पीले युलेन्सलाई २१–९ ले पराजित गर्‍यो । विजेताका सौगात बानियाँले ११ अंक जोडे । उपाधिसंगै मल्पीले २० हजार तथा युलेन्सले १० हजार नगद पुरस्कार पाए । सौगात ‘मोस्ट भेलुएबल प्लेयर’ बने ।

गल्र्सको उपाधि भिडन्तमा मल्पीले एसलाई २१–८ ले हरायो । मल्पीको जितमा सलोनी शेरचनले १२ अंक योगदान गरिन् । विजेता मल्पीले १० हजार नगद पुरस्कार हात पार्‍यो । एसले ५ हजार नगदमा चित्त बुझायो । सलोनी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
विजेतालाई मल्पीकी कार्यकारी अधिकृत जाना थापा, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका महासचिव सान्ता महर्जन, मल्पीका पूर्व विद्यार्थी आयुश नेपाललगायतले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.