10 years ago
August 26, 2015
ट्रिनिटि कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लगातर दोश्रो जित निकालेको छ ।
बुधवार भएको खेलमा सन्देश उप्रेतीको उत्कृष्ट प्रदर्शनमा ट्रिनिटिले ह्वाईटहाउस कलेजमाथी ६८–५६ को सहज जित निकाल्यो । उप्रेतीले सर्वाधिक १८ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सीसीआरसी,टाईम्स र रुपिज कलेजले जित हात पारेका छन् । सीसीआरसीले नोवल कलेजलाई ४९–१५ को फराकिलो अन्तरले हराउदा अनिष मगरले सर्वाधिक १६ स्कोर गरेका थिए । त्यस्तै टाईम्सले आइडियललाई ५३–३२ स्कोरले हराउदा रुपिज कलेजले ओपललाई ५३–३९ ले स्तब्ध पाऱ्यो । टाइम्सको जितमा सुजन गुरुङ तथा रुपिजको जितमा सौगातले समान १४ स्कोर गरेका थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]