10 years ago
August 27, 2015
काठमाडौं, भदौ १० गते ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा ब्वाइजतर्फ १५ र गल्र्समा १२ गरी जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजि तपत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सुकुमार थपलियाले जानकारी गराए । प्याब्सन मध्य क्षेत्रीय समितिमा विभिन्न ३२ विद्यालय आबद्ध छन् ।
ब्वाइजमा आनन्दभूमि, एसियन पब्लिक, डेनेब, न्यु डनबस्को, ब्लुमिङ बड्स, मार्टियर्स मेमोरियल, सूर्योदय, काठमाडौं इङलिस स्कुल (केइएस), ब्लु स्काइ,अल्बर्ट, मार्वलस, लोयला, अक्सिडेन्टल पब्लिक स्कुल, हेम्स र स्पाङगलको सहभागिता रहने कार्यक्रम संयोजक गगन एरले जनाएका छन् । त्यस्तै गल्र्समा डनबस्को, ब्लु स्काइ र अक्सिडेन्टल बाहेक ब्वाइजमै सहभागी हुने टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ६५ हजार खर्च हुने आयोजकले जनाएको छ ।ब्वाइज र गल्र्स दुवैमा पेनउड साविकविजेताहो । नकआउट अधारमाहुने तीनदिने प्रतियोगिताका खेलहरु अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]