default_image

7 years ago

November 24, 2018

गोल्डेनगेट र ह्वाइट हाउसको विजयी शुरुवात

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेज र ह्वाइट हाउस स्कुलले राजधानीमा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

आयोजक रोजवड स्कुलको कोर्टमा बुधबार भएको उद्घाटन खेलमा ह्वाइटहाउस स्कुलले आयोजक रोजवड स्कुललाई ६२–५० को अन्तरमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।  दोस्रो खेलमा टाइम्स इन्टरनेसनल कलेजले बर्न हार्ट कलेजमाथि ६३–३२ को फराकिलो जित निकाल्यो । टाइम्सको फराकिलो जितमा सुजन लिम्बुले २९ अंकको योगदान दिए ।

शनिबारै भएको तेस्रो खेलमा गोल्डेनगेटले जेभियर इन्टरजेसनलमाथि ६०–५५ को प्रतिस्पर्धात्मक जित निकाल्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ३३ अंकको योगदान दिए । गर्ल्सतर्फको खेलमा जेभियर इन्टरनेसनलले एस स्कुलमाथि २०–० को जित निकाल्यो ।

प्रतियोगितामा पुरुषतर्फ १६ स्कुल र महिलातर्फ ५ स्कुलले सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिलातर्फ खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ ।

प्रतियोगिता १७ मंसिरसम्म सञ्चालन हुनेछ । विजेताले ट्रफीसहित आकर्षक पुरस्कार पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.