default_image

5 years ago

March 24, 2019

टाइम्सलाई ह्वाइटहाउस इन्टर कलेज बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स इन्टरनेशनल कलेजले प्रथम ह्वाइट हाउस इन्टर कलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा टाइम्सले जेभियर स्कुलमाथि ६८–३८ को फराकिलो जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलको कुनै पनि पनि क्वाटरमा जेभियरले अग्रता लिन सकेन । एकपक्षीय बनेको फाइनल खेलको पहिलो क्वाटरमा टाइम्स १९–९ […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स इन्टरनेशनल कलेजले प्रथम ह्वाइट हाउस इन्टर कलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा टाइम्सले जेभियर स्कुलमाथि ६८–३८ को फराकिलो जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलको कुनै पनि पनि क्वाटरमा जेभियरले अग्रता लिन सकेन ।

एकपक्षीय बनेको फाइनल खेलको पहिलो क्वाटरमा टाइम्स १९–९ ले अघि बढ्यो । दोस्रो क्वाटरमा टाइम्सले १६–१४ को अग्रता बनायो । तेस्रो क्वाटरमा २६–११ ले अघि बढेको टाइम्सले चौथो क्वाटरमा ७–४ को अग्रता लिदै उपाधि जित्न सफल भयो । टाइम्सको फराकिलो जितमा जसमान तामाङले सर्वाधिक २० अंकको योगदान दिए ।

टाइम्सका जसमान तामाङ प्रतियोगिताको मोस्ट भ्यलुएवल खेलाडी घोषित भए । जेभियरका सुनिल थापा सर्वाधिक स्कोरर भए । कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजहरुले सहभागिता जनाएको थियो । प्रतियोगिताका सबै खेलहरु ह्वाइट हाउस वल्र्ड स्कुल कोटेश्वरको बास्केटबल कोर्टमा हुनेछन् ।

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

February 14, 2024

यु–१८ बास्केटबल आइतबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ । प्रतियोगितामा १२ नगरपालिकाको टोलीकोसहभागिता निश्चित भइसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले जानकारी गराए । त्यसबाहेक पोखरा, विराटनगर र टोखाले पनि बिहीबारसम्म सहभागिताको टुंगो लगाउने बताइएको छ । विजेताले १ लाख […]

Success

Thank you for your time.