default_image

7 years ago

March 30, 2019

नेपाल बास्केटबल लिगलाई कंगारुको साथ

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कंगारु एजुकेसन फाउन्डेसनले नेपाल बास्केटबल लिगसँग साझेदारी गर्ने भएको छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनमा वैशाख ७ देखि शुरु हुन गइरहेको लिगका लागि कंगारु शैक्षिक साझेदारको रुपमा भित्रिएको हो ।

नमित थापा, सदिश प्रधान र महेशबाबु तिमल्सिना

नेपालकै सर्वाधिक ठूलो बास्केटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइने लिगको यो दोस्रो संस्करण हो । पिडिसिएनका प्रतिनिधि नमितबहादुर थापा र फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमिल्सिनाले शुक्रबार एक कार्यक्रममाझ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार फाउन्डेसनले लिगको प्रथम स्थान हात पार्ने टोलीको पुरस्कार राशीको प्रायोजन गर्नेछ । प्रतियोगिताको पुरस्कार राशी भने खुल्न अझै बाँकी रहेको छ । यस्तै लिगको तथ्यांक संकलनका लागि पनि फाउण्डेसनले सहयोग गर्नेछ । पिडिएसन नेपाल सरकार र समाज कल्याण परिषद अन्तर्गत रहेर काम गर्दै आइरहेको एउटा गैरसरकारी संस्था हो । प्रतियोगिताको पहिलो संस्करण क्विक्स बास्केटबल लिगको नाममा आयोजना गरिएको थियो ।

राष्ट्रिय बास्केटबल टोली तथा त्रिभुवन आर्मी क्लबका कप्तान सदिश प्रधानले फाउन्डेसनले दिएको सहयोगका लागि धन्यबाद दिए । यस्तै फाउन्डेसनका तिमल्सिनाले घरेलु बास्केटबलकै ठूलो प्रतियोगिता गर्न सफल पिडिसिएनको सराहना गरे । ‘ यस प्रतियोगिताले नेपाली बास्केटबललाई नयाँ दिन सक्छ । आशा गरौं यो अझ ठूलो र उत्कृष्ट बन्दै जानेछ,’ उनले भने ।

प्रतियोगिताको पहिलो संस्करणमा गोल्डेन गेट इन्टरनेशनल कलेजले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो । दोश्रो संस्करणको थप जानकारी चाडै नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।  

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.