default_image

5 years ago

April 1, 2019

एनबीएल वैशाख पहिलो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै सर्वाधिक ठूलो बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल लिगको दोस्रो संस्करण वैशाख ७ २०७६ देखि सुरु हुने भएको छ । पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल) को आयोजनमा हुने प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । ८ टिमको सहभागिता रहने प्रतियोगितामा सहभागि टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधामा होम एण्ड अवे गरि […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै सर्वाधिक ठूलो बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल लिगको दोस्रो संस्करण वैशाख ७ २०७६ देखि सुरु हुने भएको छ ।

पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल) को आयोजनमा हुने प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । ८ टिमको सहभागिता रहने प्रतियोगितामा सहभागि टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधामा होम एण्ड अवे गरि दुई–दुई खेल खेल्नेछन् । प्रतियोगिता अवधिभर कुल ६८ खेल हुनेछन् ।

दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छानिनेछन् । प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।

तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् र विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसंग फाइनल प्रवेशका लागि दोस्रो  क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्रि कै आधारमा खेलाइनेछ । फाइनलमा एक खेल मात्र हुनेछ ।

प्ले अफ र फाइनलका सबै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ । प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका साझेदारका रुपमा सानिमा जनरल इन्स्योरेन्स, कंगारु ऐजुकेशन फाउण्डेशन र केटिएम सिटी रहेका छन् । सानिमा जनरल इन्स्योरेन्सले प्रतियोगिताका सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्रि र स्वयं सेवक गरि कुल १ सय ६८ जनाको प्रतिब्यक्ति ५ लाख गरि १० करोड रुपैयाको बिमा गराएको, पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिएका छन् ।

शैक्षिक साझेदार रहेको कंगारुले प्रथम पुरस्कारको प्रायोजन गर्नुका साथै खेलहरु तथ्यांक राख्ने कार्यमा आयोजकलाई सघाउनेछ । यस्तै क्लोदिङ्ग पार्टनर केटिएम सिटीले प्रतियोगिता भरिकै ६८ म्यान अफ द म्याचलाई रु ३ हजार बराबरको गिफ्ट भाउचर प्रदान गर्नेछ । प्रतियागिताको लागि नेपाल बास्केटब संघले प्राविधिक सहयोग प्रदान गरेको छ ।

यस्तै यसपटक महिलाहरुको पनि लिग आयोजनका गरिने पनि आयोजकले स्पष्ट पारेको छ । ‘हामीले पुरुषको खेलको तुलनामै महिलाको खेलले पनि उत्तिकै चर्चा पाउने गरि महिलाहरुको लिगको मिति घोषणा गर्नेछौं । सायद पुरुषहरुको प्ले अफका दौरान महिला लिग गराउदा उपयुक्त हुनेछ, ‘ कार्कीले पत्रकार सम्मेलनमा भने ।

नेपाली राष्ट्रिय बास्केटबल टिमका कप्तान सदिश प्रधानले यसपटक लिग अझै रोमाञ्चक बन्ने आशा राखे । ‘पछिल्लो पटक हामिले यो लिग खेल्दा देशकै उत्कृष्ट बास्केटबल प्रतियोगिताको रुपमा लिएका थियौं । आशा छ यो बर्ष लिग अझै रोमाञ्चक र उत्कृष्ट बन्नेछ’, प्रधानले भने ।

यस्तै प्लेअफका दौरान सेलिब्रेटिहरुबीच एउटा खेल पनि खेलाइनेछ भने मिड सिजनमा अल स्टार गेम पनि गराइनेछ । अल स्टार गेम प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरुको दुई टोली बनाई खेलाइनेछ ।

सहभागि टोलीहरु :
गोल्डेन गेट इन्टरनेशनल क्लब
त्रिभुवन आर्मी क्लब
नेपाल पुलिस क्लब
बुढानीलकण्ठ म्युनिसिप्यालिटी बास्केटबल क्लब
रोयल बास्केटबल क्लब
किर्तिपुर बास्केटबल क्लब
टाइम्स इन्टरनेशनल क्लब
साउथ साइडर्स बास्केटबल क्लब

के हो पिडिसिएन ?
विपन्न बालबालिका का लागि खेलकुद नेपाल सरकार र समाज कल्याण परिषद अन्तर्गत रहेर काम गर्दै आइरहेको एउटा गैरसरकारी संस्था हो । यस संस्थाले खेलकुद मार्फत नेपालका बिभिन्न, बिशेषगरि बिकट स्थानहरुमा गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउने लक्ष्य अनुरुप काम गर्दै आइरहेको छ ।

यसअघि पिडिसिएनले ओखलढुंगाको माम्खा उच्च माध्यमिक बिद्यालयका बच्चाहरुको लागि फुटबलका क्रियाकलापहरु गरेको थियो । उक्त बिद्यालयमा नै पिडिएसएनले खेलकुद सामाग्रिहरु बितरण गरेको थियो भने पुस्तकालय ब्यवस्थापन र कम्प्युटर ल्याबको पनि निर्माण गरेको थियो ।

राजधानीमा पिडिएसएनले युथ बस्केटबल ट्रेनिङ्ग तथा सेन्ट जेभियर्समा पिडिएसन बप बास्केटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

Success

Thank you for your time.