default_image

7 years ago

April 9, 2019

टाइम्सलाई लिनिङको साथ

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल लिग (एनबीएल) मा सहभागिता जनाउने टाइम्स बास्केटबल क्लब र खेलकुद सामग्री निर्माता लिनिङ नेपालबीच मङ्गलबार दुई बर्षको सम्झौता भएको छ । सम्झौता अनुसार लिनिङ नेपालले क्लबलाई दुई बर्षका लागि बास्केटबल सामग्री प्रदान गर्नेछ ।

झन्डै ५ लाख भन्दा बढीको सम्झौता गरेको लिनिङले टाइम्स बास्केटबल क्लबलाई वर्षको दुई पटक जर्सि, जुत्ता, मोजा र बास्केटबल लगायतका सामग्रीहरु प्रदान गर्नेछ । टाइम्स इन्टनरनेशनल कलेजमा मङ्गलबार भएको एक कार्यक्रमकाबीच कलेजका अध्यक्ष टिकाराम सापकोटा, लिनिङ नेपालका अध्यक्ष राजन महर्जन र टाइम्स इन्टरनेशनल क्लबका कप्तान सदिश प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

टाइम्स आउँदो बैशाख ७ गतेदेखि शुरु हुन गइरहेको नेपाल बास्केटबल लिगको ८ मध्ये एक टिम हो । ५५ दिनसम्म होम एण्ड अवेका आधारमा खेलाइने नेपाल बास्केटबल लिग नेपाली बास्केटबलकै हालसम्मको ठूलो र लामो लिग प्रतियोगिता हो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.