7 years ago
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको व्यस्त तालिकाका कारण प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजन गर्न गइरहेको नेपाल बास्केटबल लिग (एनबीएल) एक साता पछाडी धकेलिएको छ ।

नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो बास्केटबल प्रतियोगिता वैशाख ७ गतेदेखि सुरु हुने कार्यक्रम रहेको थियो । तर आठौं राष्ट्रिय खेलकुदका कारण खेलाडीलाई उचित विश्राम चाहिने र खेलाडी, अफिसियल र रेफ्रीहरुले प्रतियोगिता सार्न आग्रह गरेपछि एक साता पछाडी सर्नु परेको आयोजकले जनाएको छ ।
‘आठौं अन्तर्गत बास्केटबल खेलहरु एनबीएलको पूर्वनिर्धारित मितिभन्दा तीन दिनै अगावै सकिने भएपनि सम्पूर्ण खेलाडी, अफिसियल र रेफ्रिहरुलाई थकान हुने भएकाले हामीले प्रतियोगिता सार्ने निर्णय लिएका हौं,’ आयोजक पिडिसिएनका अध्यक्ष अरुण कार्कीले बताए ।
एनबीएल अन्तर्गत पुरुषको लिग अब वैशाख १४ गतेदेखि हुने भएको छ । महिलो बास्केटबल लिगको मिति भने तय भइसकेको छैन । ‘एनबीएल ५५ दिनको लिग हो र लामो समयसम्म चल्ने प्रतियोगिताको लागि यसम संलग्न सबैलाई आरामको आवश्यक हुन्छ । हामीले दिएको विश्रामको समयले खेलाडीहरुलाई पनि उत्कृष्ट प्रदर्शन गर्न पनि मद्दत मिल्ने आशा राखेको छौ’, कार्कीले भने ।
एनबीएलको पुरुष लिगमा कुल ६८ खेल हुनेछन् । दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्लेअफका लागि छानिनेछन् । प्लेअफमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।
तेस्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् र विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्री कै आधारमा खेलाइनेछ । फाइनलमा एक खेल मात्र हुनेछ । प्लेअफ र फाइनलका सबै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ । प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले क्रमश: दुई र एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका साझेदारका रुपमा सानिमा जनरल इन्स्योरेन्स, कंगारु एजुकेशन फाउण्डेशन र केटिएम सिटी रहेका छन् । सानिमा जनरल इन्स्योरेन्सले प्रतियोगिताका सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्रि र स्वयं सेवक गरि कुल १ सय ६८ जनाको प्रतिब्यक्ति ५ लाख गरि १० करोड रुपैयाँ बराबरको विमा गराएको छ । शैक्षिक साझेदार रहेको कंगारुले प्रथम पुरस्कारको प्रायोजन गर्नुका साथै खेलहरु तथ्यांक राख्ने कार्यमा आयोजकलाई सघाउनेछ । यस्तै केटिएम सिटीले प्रतियोगिता भरिकै ६८ म्यान अफ द म्याचलाई रु ३ हजार बराबरको गिफ्ट भाउचर प्रदान गर्नेछ । प्रतियागिताको लागि नेपाल बास्केटबल संघले प्राविधिक सहयोग प्रदान गरेको छ ।
सहभागि टोलीहरु :
गोल्डेन गेट इन्टरनेशनल क्लब
त्रिभुवन आर्मी क्लब
नेपाल पुलिस क्लब
बुढानीलकण्ठ म्युनिसिप्यालिटी बास्केटबल क्लब
रोयल बास्केटबल क्लब
किर्तिपुर बास्केटबल क्लब
टाइम्स इन्टरनेशनल क्लब
साउथ साइडर्स बास्केटबल क्लब
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]