default_image

7 years ago

April 17, 2019

बास्केटबलमा आर्मी र पुलिसलाई स्वर्ण

196 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबलको उपाधि विभागिय टोलीले जितेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फको उपाधि अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुषमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो क्वाटरमा आर्मी १४–१२ ले अघि रहेको थियो ।

तर, दोस्रो र तेस्रो क्वारटमा आर्मीले २७–१२ र २२–१३ ले अघि बढेपछि सहज जित निकाल्यो । आर्मीको जितमा रामकृष्ण घतानेले सर्वाधिक २३ स्कोर गरे । पुलिसले कास्य पदक प्राप्त गर्यो ।
महिलातर्फको फाइनलमा अनुशा मल्लले सर्वाधिक १३ स्कोर गरेपछि पुलिसले प्रदेश ३ लाई ४५–२९ को स्कोरले हराउदै स्वर्ण पदक जितेको छ ।

पुलिसले पहिलो क्वाटर ९–४ को अग्रता बनाएको थियो । दोस्रोमा ५–८ ले पछि परेपनि पुलिसले तेस्रो १५–११ र चौथो क्वाटरमा १४–६ को अग्रता बनाएपछि ४५–२९ को सहज जित निकाल्न सफल भयो । आर्मीले कास्य पदक जित्यो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.