7 years ago
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेशनल कलेजले क्विक्स नेपाल बास्केटबल लिगको पहिलो दिनको खेलमा जित दर्ता गरेका छन् ।

बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजको कोर्टमा भएको पहिलो खेलमा आर्मीले गोल्डेन गेटलाई १०४-६९ ले पराजित गर्यो । रामकृष्ण घोतानेले १७ अंक जोडेपछि आर्मीले सहज जित दर्ता गरेको थियो । खेलको पहिलो क्वाटरमा २६-१४ ले अगाडी बढेको आर्मीले दोस्रो र तेस्रो क्वाटरमा पनि आफ्नो ले जारी राखेको थियो । दोस्रो क्वाटर २६-१७ ले अगाडी रहेको आर्मी तेस्रोमा २५-१४ ले अग्रता लिन सफल रहयो । अन्तिम क्वाटरमा गोल्डेन गेटले कडा चुनौती प्रस्तुत गरेपनि आर्मीले जित दर्ता गर्न सफल रहयो ।
दोस्रो खेलमा टाइम्स कलेजले चारखालस्थित आफ्नो कोर्टमा कप्तान सदिश प्रधानको उत्कृष्ट प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ९६-६१ ले पराजित गर्यो । सदिशले ४२ अंक जोडेपछि पुलिसले पहिलो खेलमा नै पराजय बेहोर्यो । पहिलो सेटमा १८-१३ ले अगाडी रहेको टाइम्सले दोस्रो सेटको समाप्तिमा आफ्नो अग्रतालाई ४४-२५ मा पुर्यायो । तेसोर र चौथो सेटमा पनि सोहि लय कायम राख्दै टाइम्सले सहज जित दर्ता गर्यो ।
प्रतियोगिताअन्तर्गत आइतबार पहिलो खेलमा गोल्फुटारस्थित कोर्टमा बुढानिलकण्ठ नगरपालिका र एएनके कीर्तिपुर खेल्नेछन् । दोस्रो खेलमा साउथसाइडर्सले माइतीघरस्थित घरेलु कोर्टमा द रोयल बास्केटबल क्लबलाई चुनौती दिनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]