default_image

7 years ago

April 28, 2019

बुढानिलकण्ठ र रोयलको जित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका र द रोयल बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिग २०१९ अन्तर्गत आइतबारको खेलमा जित दर्ता गरेका छन् ।

बुढानिलकण्ठले आफ्नो घरेलु कोर्टमा एएनके कीर्तिपुर बास्केटबल टिमलाई ७०-५६ ले पराजित गर्यो । म्यान अफ द म्याच सौरभ श्रेष्ठले डबल-डबल प्रदर्शन गर्ने क्रममा १५ अंकसहित १५ रिबाउन्ड लिएपछि बुढानिलकण्ठले जित दर्ता गरेको थियो । पहिलो क्वाटरमा २१-९ को अग्रता लिएपनि दोस्रो क्वाटरमा पाहुना टोलीले पुनरागमन गर्दै स्कोर ३५-२९ को अन्तरमा ल्याएको थियो । अन्तिम दुई क्वाटरमा बुढानिलकण्ठले अग्रता कायम राख्दै जित दर्ता गर्यो ।

अर्को खेलमा रोयलले साउथ साइडर्सको माइतीघरस्थीत घरेलु कोर्टमा ७०-६२ को रोमान्चक जित दर्ता गर्यो । पहिलो सेटमा १२-११ ले पछाडी परेको घरेलु टोली मध्यान्तरमा ३२-२७ ले पछाडी थियो । तेस्रो क्वाटरमा साइडर्सले उत्कृष्ट पुनरागमन गर्दै ४९-४५ को अग्रता लियो । तर अन्तिम क्वाटरमा रोयलले आक्रामक खेल प्रस्तुत गर्दै ८ अंकको अग्रता बनाउन सफल भयो । रोयलका लागि डबल-डबल प्रदर्शन गर्दै १० अंक र १० रीबाउन्ड लिएका अमृत कोइराला म्यान अफ द म्याच भए ।

प्रतियोगिताअन्तर्गत सोमबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको अतिथ्यता गर्नेछ । दोस्रो खेलमा साउथ साइडर्सले टाइम्सको चारखालस्थित कोर्टमा प्रतिस्पर्धा गर्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.