7 years ago
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रोयल बास्केटबल क्लब र गोल्डेन गेट कलेजले क्विक्स नेपाल बास्केटबल लिग अन्तर्गत मंगलबारको खेलमा जित दर्ता गरेका छन् ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा रोयलले एएनके कीर्तिपुर बास्केटबलको कोर्टमा ७२-६१ को जित दर्ता गर्यो । रोयलको जितमा कुनखेन थिङ म्यान अफ द म्याच भए । उनले १३ अंक जोडेका थिए । रोयलले दुवै अवे खेलमा जित दर्ता गरेको हो ।
दिनको दोस्रो खेलमा गोल्डेन गेटले बुढानिलकण्ठ नगरपालिकालाई ८५-७२ ले हरायो । पहिलो खेलमा आर्मीसँग पराजित गोल्डेन गेटको यो पहिलो जित हो । कर्मा गुरुङले २० अंक जोड्दै उकृष्ट प्रदर्शन गरेपछि गोल्डेन गेटले जित हासिल गरेको हो ।
बुधबार आर्मी र कीर्तिपुरले भद्रकाली तथा टाइम्सले गोल्डेन गेटको कोर्टमा खेल्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]