7 years ago
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट इन्टरनेसनल कलेज र टाइम्स बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिगअन्तर्गत शुक्रबार जित दर्ता गरेका छन् ।

गोल्डेन गेटले रोयल बास्केटबल क्लबको घरेलु कोर्टमा ओभरटाइममा पुगेको खेलमा १०५-१०० को रोमान्चक जित दर्ता गर्दै लगातार दोस्रो सफलता हात पार्यो । निर्धारित समयको खेल ९४-९४ को स्थितिमा सकिएपछि खेलको नतिजा लिन ओभरटाइम लिइएको थियो । पाहुना टोली गोल्डेन गेटले ओभरटाइममा ११-६ को अग्रता लिएपछि रोयल लगातार तेस्रो जितबाट बन्चित भयो ।
यता पहिलो खेलमा घरेलु कोर्टमा पराजित भएको गोल्डेन गेटले त्यसयता भने लगातार दुई खेल जितेको छ । गोल्डेन गेटलाई जित दिलाउन प्लेयर अफ द म्याच विक्रम डंगोलले २३ अंकको योगदान दिए ।
दोस्रो खेलमा टाइम्स बास्केटबल क्लबले बुढानिलकण्ठ नगरपालिकाको गल्फुटारस्थित घरेलु कोर्टमा ८१-६६ को जित हात पार्यो । टाइम्सको जितमा जोशुवा शेरचनले १५ अंक जोडे ।
शनिबार पहिलो खेलमा पुलिसले साउथ साइडर्सको आतिथ्यता गर्नेछ भने दोस्रो खेलमा बुढानिलकण्ठले भद्रकालीस्थित आर्मीको कोर्टमा प्रतिस्पर्धा गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]