10 years ago
May 9, 2016
काठमाडौं, बैशाख २७ गते ।
लालीगुरास र स्किब्सले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
लालीगुरासले नेपाल मोडेललाई ३२–२७ ले पराजित गर्यो ।
लालीगुरासको जितमा देवकुमार तामाङले १२ अंक योगदान गरे । स्किब्सले आयोजक बसुन्धारा नेपाल एकेडेमी (बीएनए) ‘बी’ लाई १७–१० ले हरायो ।विजयी टिमका लागि सञ्जयले १४ अंक जोडे । जुनियर ब्वाइजकै अन्य खेलमा एन्जल्स हार्ट र गोल्डेनपिक विजयी भए । एन्जल्स हार्टले हिमालयनलाई ३३–२६ ले पन्छायो । एन्जल्स हार्टका शैलेशले १२ अंकबटुले । पेम्बा शेर्पाको ४ अंक सहयोगमा गोल्डेनपिकले ज्ञान सिन्दुलाई १०–८ ले निराश पार्यो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]