default_image

7 years ago

May 19, 2019

गोल्डेनगेट र बुढानिलकण्ठको सहज जित

154 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- साविकको विजेता गोल्डेनगेट कलेज र बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबले राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा सहज जित निकालेका छन् ।

आइतबार भएको पहिलो खेलमा बुढानिलकण्ठले दि रोयल बास्केटबल क्लबमाथि ९८–६८ को सहज जित निकालेको हो । पहिलो क्वाटरमा एक अंकले पछि परेको बुढालिकण्ठले त्यसपछिको तीनै सेटमा सहज जित निकाल्दै जित हात पारेको हो ।

बुढानिलकण्ठ पहिलो क्वाटरमा २४–२५ ले पछि परेको थियो । तर, त्यसपछिको तीनै सेट बुढानिलकण्ठले २३–१९, २७–० र २४–१५ को अग्रता लिन सफल भयो । बुढानिलकण्ठको सहज जितमा सौरभ श्रेष्ठले सर्वाधिक ३९ अंकको योगदान दिए । सौरभले ६ असिस्ट र ११ रिवाउन्ड अंक लिदा १५ अंक ३ प्वाइन्टबाट लिएका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।

आइतबार भएको अर्काे खेलमा गोल्डेनगेटले बिएमसी साउथ साइडर्सलाई ८३–६२ ले हरायो । तेस्रो क्वाटरसम्म निकै नै प्रतिस्पर्धा भएपनि अन्तिम क्वाटरमा २९–९ को फराकिलो अग्रता लिएपछि गोल्डेनगेट विजयी हुन सफल भएको हो ।

गोल्डेनगेटले पहिलो क्वाटरमा १८–१७ को अग्रता बनाउदा दोस्रो र तेस्रो क्वाटर १९–१९ र १७–१७ को बराबरी भएको थियो । गोल्डेनगेटको जितमा २३ अंकको योगदान गरेका बिक्रम डंगोल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।
जितसँगै गोल्डेनगेट १३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान १३ अंक र्भपनि बुढानिलकण्ठ चौथो स्थानमा रहेको छ । रोयल १० अंकसहत सातौ तथा बिएमसी ९ अंक जोडेर पुछारमा छ ।

९ खेलबाट १७ अंक जोडेको आर्मी शीर्षस्थानमा रहेको छ । दुई खेल कम खेलेको टाइम्स १४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । प्रतियोगितामा सोमबार वर्षाले स्थागित भएको टाइम्स र गोल्डेनगेट कलेजबीच खेल हुने आयोजकले जनाएको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.