default_image

7 years ago

May 20, 2019

दोहोरो जितसँगै टाइम्स शीर्षस्थानमा

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोहोरो जित निकाल्दै टाइम्स इन्टरनेसनल कलेज राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार टाइम्सले गोल्डेनेट कलेज र बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । अपराजित रहेको टाइम्सको ९ खेलबाट १८ अंक पुगेको छ । समान खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानमा झरेको छ ।

टाइम्सले गोल्डेनगेटलाई ७८–५५ ले पराजित गरेको हो । २ जेठमा ७२–४४ को स्थितिमा रहँदा खेल वर्षाका कारण स्थगित हुन पुगेको थियो । सोमबार ५ मिनेट १० सेकेन्डको खेलमा गोल्डेनगेटले ११ अंक जोडेपनि जितका लागि पर्याप्त भएन । टाइम्सले ५ अंक जोडेको थियो ।

अर्काे खेलमा टाइम्सले बुढानिलकण्ठमाथि ८३–७७ को प्रतिस्पर्धात्मक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको पहिलो क्वाटर १८–१८ को बराबरी भएको थियो । दोस्रो क्वाटरमा टाइम्स १४–२१ ले पछि परेको थियो । तेस्रो क्वाटरमा ३०–१४ को अग्रता लिएपछि टाइम्स खेलमा फर्किएको थियो ।

चौथो क्वाटर टाइम्सले २१–२४ ले गुमाएपछि तेस्रो क्वाटरको अग्रता टाइम्सको जितको आधार बन्यो । टाइम्सको जितमा कप्तान सदिश प्रधानले २१ अंकको योगदान दिए । उनले ४ असिस्ट र ४ रिवाउन्डमा अंक लिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।

प्रतियोगितामा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट तथा दोस्रो खेलमा बिएमसी साउथ साइडर्स र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.