10 years ago
May 13, 2016
ओडिसी इन्टरनेसनल एकेडेमी र भ्याली पब्लिक ‘ए’ ले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ओडिसी जुनियर ब्वाइज तथा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्समा च्याम्पियन बने ।
बसुन्धारास्थित आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा ओडिसीले एन्जल्स हार्टलाई ३६–२१ ले पराजित ग¥यो । विजेताका साहिल गुरुङले १२ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले एचएचसीएलाई ३२–२४ ले हरायो । भ्याली पब्लिक ‘ए’ को जितमा निलम शेर्पाले १३ अंक योगदान गरिन् ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई २७–१५ ले पाखा लगाउदै तेश्रो भयो । विजेताका हिक्मत राउतले १२ स्कोर गरे ।
त्यसैगरी सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझायो । भ्याली पब्लिक ‘बी’ ले इडेन ब्रिज एकेडेमीलाई ३२–२५ ले पन्छायो । विजेताकी सविना सुवेदीले १२ अंक जोडिन् ।
जुनियर ब्वाइजमा ओडिसीका आदर्श श्रेष्ठ तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की निलम शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । जुनियर ब्वाइजमा ज्ञानसिन्दु तथा सिनियर गल्र्समा हिमालयन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका उपाध्यक्ष भीमसिंह गुरुङ, बीएनएका अध्यक्ष प्रवीण श्रेष्ठ, प्रिन्सिपल टंकुमार चापागाईं, संयोजक सन्तोष फुयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ गरी जम्मा २८ टिम सहभागी थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]