7 years ago
June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि स्कुल एण्ड कलेज र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच सम्झौता भएको छ । बुधवार भाटभेटेनीका निर्देशक कल्याण गुरुङ र समृद्धि स्कुल एण्ड कलेजको महिला बास्केटबल टिम समृद्धि गोरिल्लाजका टिम म्यानेजर सन्तोष ताम्राकार बीच सम्झौता पत्र आदन प्रदान भएको छ ।

सम्झौतामा अनुसार भाटभटेनीले मुख्य प्रायोजन गरेबापत नगद तथा जिन्सी ५ लाख उपलब्ध गराउने छ । राजधानीमा जारी नेपाल बास्केटबल लिगमा समृद्धिले ‘भाटभटेनी समृद्धि गोरिल्लाज’ को नामले प्रतियोगिता खेल्ने छ । भाटभटेनीका निर्देशक गुरुङले हाम्रो संस्था खेलकुदसँग जोडिन पाएकोमा गौरवान्वित भएको बताए ।
निर्देशक गुरुङले नेपाली महिला बास्केबल टिमकी कप्तान समेत रहेकी भाटभटेनी समृद्धि गोरिल्लाजकी कप्तान सदिना श्रेष्ठलाई ट्याकसुट, जुत्ता र जर्सी प्रदान गरेका थिए । सम्झौता कार्यक्रममा समृद्धि स्कुल एण्ड कलेजका प्रमुख कार्यकारी अधिकृत नरेशप्रसाद श्रेष्ठ, प्रशिक्षक बिकास शाहीलगायतको उपस्थिति रहेको थियो । जारी महिला राष्ट्रिय बास्केटबल लिगमा भाटभटिनी समृद्धि गोरिल्लाज चार खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]