default_image

7 years ago

June 5, 2019

क्वीक्स नेपाल बास्केटबल लिगको प्ले अफ समिकरण पूरा

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटल लिगको प्ले अफ समिकरण पुरा भएको छ ।

घरेलु टोली दि रोयल बास्केटबल टिमसँग हार बेहोरपनि विभागीय नेपाल पुलिस क्लब प्लेअफमा पुग्न सफल भएसँगै प्ले अफ समिकरण पुरा भएको हो । साविकको उपविजेता आर्मी शीर्ष, टाइम्स इन्टरनेसनल कलेज दोस्रो स्थानमा तथा गोल्डेनगेट एक खेल अगावै तथा पुलिस प्ले अफमा पुग्न सफल भएको हो ।

पुलिस बुधबार प्ले अफबाट बाहिरिसकेको दि रोयल बास्केटबल टिमसँग ७५–५९ को अन्तरमा पराजित भयो । पुलिसकले कुनैपनि क्वाटरमा अग्रता लिन सकेन । पुलिस दि रोयलसँग १७–१३, १६–१४, २३–१९ र १९–१३ को क्वाटरमा पराजित भयो ।

लिगको अन्तिम खेलमा बिहीबार गोल्डेनगेट कलेज र एएनके कीर्तिपुर बास्केटबल टिमबीच प्रतिस्पर्धा हुदैछ । यो खेलमा जित हात पारे गोल्डेनगेट तेस्रो स्थानमा उक्लनेछ । प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।

तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् । विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्रि कै आधारमा खेलाइनेछ । फाइनलमा एक खेल मात्र हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.