10 years ago
May 29, 2016
काठमाडौं, जेठ १६ गते ।
सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित गर्यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे ।
हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ले तेश्रो स्थानमा चित्त बुझायो । एचएचसीएले गोल्डेनपिकलाई २१–१८ ले हरायो । विजेताका प्रवीण राई र रुपेश खड्काले समान ८–८ स्कोर गरे । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमश: १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे । सीसीआरसीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, स्किम्स विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेबबहादुर खड्का, प्रिन्सिपल आरपी खतिवडा, निर्देशक खगेन्द्र ढकाललगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]