default_image

10 years ago

June 2, 2016

बास्केटबलमा नेपाल भारतसँग पराजित

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ । 

नेपाली बास्केटबल टोली (फाइल फोटो )।

नेपाली बास्केटबल टोली (फाइल फोटो )।

लिगको अन्तिम खेलमा नेपाल भारतसंग ११७–४० अंकले पराजित भयो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । भारतले चार क्वाटरमा क्रमशः २६–११, ३२–०९, ३६–८ र २३–१२ अंक जोड्यो ।
पहिलो दिन बुधबार नेपालले दोहोरो जित हात पारेको थियो । कुनैपनि स्तरको बास्केटबलमा श्रीलंका विरुद्ध पहिलो पटक जित हात पार्ने क्रममा नेपाल ६५–६४ को झीनो अन्तरले विजयी भएको थियो । त्यसै दिन नेपालले बंगलादेशलाई ५७–५४ ले हराएको थियो ।
जितसंगै भारत जुलाइ १५ देखि २४ तारिखसम्म इरानमा हुने यु–१८ पुरुष एसियाली बास्केटबल च्याम्पियनसिपका लागि छनोट भएको नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले जनाएका छन् । चार राष्ट्र सहभागी क्वालिफाइङमा शीर्ष स्थान हात पार्ने टिम एसियाली च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान छ । प्रतिस्पर्धा राउन्ड रोविन लिग पद्दतिमा भएको थियो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.