default_image

9 years ago

June 30, 2016

इनोभेटिभ दोश्रो जित

165 views

0 Bookmark

काठमाडौं, असार १६ गते ।

इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

innovative

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल इनोभेटिभले बाबालाई ८०–७४ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा अजय मानन्धरले २० अंक योगदान गरे ।

इनोभेटिभ पहिलो क्वाटरमा १७–२५ ले पछि पर्‍यो । दोश्रोमा २२–१९ र तेश्रोमा २७–१३ को अग्रता बनाउदै इनोभेटिभले जितको आधार खडा गरेको थियो । बाबाले चौथोमा इनोभेटिभलाई १७–१४ ले पछि पारेपनि जित हात पार्न सकेन । पुरुषको अर्को खेलमा साउथ साइडर्सले जेभियर इन्टरनेसनललाई ७४–४८ ले हरायो । साउथ साइडर्सका विजय बुर्जाले १५ स्कोर गरे । अन्तिमसम्म अग्रतालाई कायमै राखेको साउथ साइडर्सले जेभियर विरुद्ध ११–९, १९–१६, २४–७ र २०–१६ अंक जोड्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ प्राइम र ह्वाइटहाउसले सफलता पाए । प्राइमले मोफसलको टोली रुपन्देहीमाथि ६१–८ को सहज जित दर्ता गर्‍यो । प्राइमकी स्नेहा श्रेष्ठले १८ अंक जोडिन् । अनुषा मल्लको १६ अंक सहयोगमा ह्वाइटहाउसले मोर्गनलाई ५६–२७ ले निराश पार्‍यो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.